२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बंगलादेशमा बन्यो नयाँ सरकार, नोबेल पुरस्कार विजेता युनुस बने अन्तरिम सरकार प्रमुख

बंगलादेशमा बन्यो नयाँ सरकार, नोबेल पुरस्कार विजेता युनुस बने अन्तरिम सरकार प्रमुख

गण्डकी टाइम्स
बुधवार, श्रावण २३ २०८१
गण्डकी टाइम्स
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौं, २३ साउन । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मंगलबार राति बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि संसद विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका हुन् । आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थी नेताहरू र राष्ट्रपति मुहम्मद शहाबुद्दिनबीचको बैठकले युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय हो । बैठकमा तीनवटै सशस्त्र सुरक्षा बलका प्रमुखहरूको समेत उपस्थिति थियो । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले विवादास्पद आम निर्वाचनमार्फत गठन भएको १२ औँ संसद् विघटन मंगलबार दिउँसो विघटन गरेका थिए । राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टंगो लाग्ने बताए । यसअघि युनुसको कार्यालयले आन्दोलनरत विद्यार्थीले अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको थियो । विद्यार्थीहरूले नोबल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त गरिनुपर्ने माग पनि अघि सारेका थिए । ८४ वर्षीय युनुस हाल उपचारका लागि फ्रान्सको राजधानी पेरिसमा छन्  । उनी सामान्य चिकित्सकीय प्रक्रिया पूरा गरेर स्वदेश फर्किने भएका छन् । उनी अर्थशास्त्री हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij