२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

चुनाव घोषणा भएपछि स्वदेश फर्किने तयारीमा शेख हसिना

चुनाव घोषणा भएपछि स्वदेश फर्किने तयारीमा शेख हसिना

गण्डकी टाइम्स
शनिवार, श्रावण २६ २०८१
गण्डकी टाइम्स
शनिवार, श्रावण २६ २०८१
  • काठमाडौँ, २६ साउन। एक्कासी राजनीतक उथपपुथल भएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भारतको शरणमा पुगिन्। अहिले हसिना भारतमा छिन्। उनले भारतबाटै चुनाव घोषणा भएपछि स्वदेश फर्किने भएकी छिन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार शेख हसिनाका छोरा सजिब वाजेद जोयले यो कुरा सार्वजनिक गरेका हुन् । गत सोमबार देश छोडेर भारत शरणमा पुगेकी हसिना सत्तामा हुँदा ३०० विद्यार्थीहरुको मृत्यु हुनेगरी आन्दोलन भएको थियो । हसिना देश छोडेर भारत पुगेपछि पनि २०० बढीको ज्यान गइरहेको छ । हसिनाका छोरा सजिब सूचना प्रविधिका विज्ञ हुन् । हाल उनी अमेरिकामा बसोबास गरिरहेका छन् । केहिदिन अगाडि उनले आफ्नै सल्लाहमा आमा हसिनाले देश छोडेको बताएका थिए । हसिनाको हत्या नै हुने भएकोले आफूले आमाले नमान्दा नमान्दै देश छोड्न आग्रह गरेको उनले बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij