हसिनाले राजीनामा नदिई भारत गएको खुलासा
हसिनाले राजीनामा नदिई भारत गएको खुलासा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २६ साउन। सत्ता छाडेर बंगलादेशबाट भारत शरण लिन पुगेकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई भारत गएको खुलेको छ ।
यो कुरा हसिनाका छोरा सजिव वाजेथ रोयले खुलासा गरेका हुन् । बेलायती समाचार एजेन्सी रोयटर्ससँग बोल्दै सजिवले यस्तो खुलासा गरेको बंगलादेशी अखबार डेली स्टारले उल्लेख गरेको छ ।
यसरी भारतमा जाँदा राजीनामा पनि नदिएको सजिवले खुलाएका छन् । उनले भनेका छन्, ‘मेरी आमाले कहिल्यै पनि राजीनामा दिनु भएन । राजीनामा दिने समय नै भएन ।’
प्रतिक्रिया