२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

उडिरहेका बेला जब विमानभित्र बम रहेको सूचना पाइयो

उडिरहेका बेला जब विमानभित्र बम रहेको सूचना पाइयो

गण्डकी टाइम्स
शनिवार, भाद्र २२ २०८१
गण्डकी टाइम्स
शनिवार, भाद्र २२ २०८१
  • भारत, २२ भदौ। भारतको मुम्बईबाट फ्र्याङ्कफर्टका लागि उडिरहेका बेला विमानमा बम रहेको सूचना पाइएपछि भिस्टाराको उडान टर्कीको एर्जुरम एयरपोर्टमा डाइभर्ट गर्नुपरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बम रहेको कागज फेला परेपछि भिस्टाराको उडान यूके२७ अन्तर्राष्ट्रिय समय शुक्रबार साँझ ७ बजे एर्जुरम विमानस्थलमा आपत्‌कालीन अवतरण गराइएको हो। विमानमा सवार सबै यात्रु र केबिन क्रुलाई सकुशल बाहिर निकालिएको जनाइएको छ। स्रोतका अनुसार एक यात्रुले विमानमा बम रहेको लेखिएको कागज फेला पारेका थिए। त्यसपछि उनले यो कुरा केबिन क्रु मेम्बरलाई जानकारी दिए। केबिन क्रु सदस्यले यसबारे फ्लाइट क्याप्टेनलाई जानकारी गराए। यसपछि फ्र्याङ्कफर्टका लागि उडेको विमान डाइभर्ट गरी टर्कीमा आपत्‌कालीन अवतरण गराइएको हो। भिस्टाराका प्रवक्ताका अनुसार विमानमा बमको धम्कीबारे अधिकारीहरूलाई तुरुन्तै जानकारी गराइएको थियो। तर विमानमा शंकास्पद केही भेटिएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij