अमेरिका जाँदै गरेको एयर इन्डियाको विमानमा बम राखेको भन्दै धम्की
अमेरिका जाँदै गरेको एयर इन्डियाको विमानमा बम राखेको भन्दै धम्की
गण्डकी टाइम्स
गण्डकी टाइम्स
एजेन्सी । भारतको मुम्बईबाट अमेरिकाको न्युयोर्क जान लागेको विमानमा बम राखेको भन्दै धम्की आएपछि फ्लाइटलाई दिल्ली डाइभर्ट गरिएको छ ।
भारतीय मिडियाहरूका अनुसार एयर इन्डियाको उक्त विमानमा बम राखेको भनेर धम्की आएपछि उडानलगत्तै दिल्लीमा आकस्मिक अवतरण गरिएको हो । विमानस्थल स्रोतलाई उद्धृत गर्दै आजतकले लेखेअनुसार हाल विमान खाली गरेर चेकजाँच भइरहेको छ ।
अहिलेसम्म कुनै सन्दिग्ध वस्तु फेला नपरेको आजतकले लेखेको छ ।
प्रतिक्रिया