अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १५ पुस । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । उहाँको आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको कार्टर फाउन्डेसनले जनाएको छ ।
आइतबार पारिवारिक सदस्यको जमघट भएको समयमा उनको निधन भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले उनको निधनपछि शोक वक्तव्य जारी गर्दै उनकी प्रिय साथी तथा असाधारण नेता भएको बताएका छन् । यसैगरी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि अमेरिकाका एक असाधारण नेताको रूपमा कार्टरलाई सबैले सम्झने बताए ।
सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन् । राजनीतिमा प्रवेश गर्नु अघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए । यसअघि उनकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो। अमेरिकी इतिहासमा सबैभन्दा लामो समयको जोडीको रूपमा समेत उनीहरूको कीर्तिमान थियो। उनीहरू ७५ वर्ष एकै साथ रहेका थिए ।
प्रतिक्रिया