२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गाजा युद्धविराम भंगप्रति चीनको गम्भीर चिन्ता, इजराइललाई सैन्य आक्रमण रोक्न आग्रह

गाजा युद्धविराम भंगप्रति चीनको गम्भीर चिन्ता, इजराइललाई सैन्य आक्रमण रोक्न आग्रह

गण्डकी टाइम्स
शुक्रवार, चैत्र ७ २०८१
गण्डकी टाइम्स
शुक्रवार, चैत्र ७ २०८१
  • काठमाडौँ, ९ चैत। संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु कङले सुरक्षा परिषद् बैठकमा बोल्दै गाजा युद्धविरामको उल्लङ्घनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले गाजालाई राजनीतिक खेलको मैदान बनाउन नसकिने उल्लेख गर्दै नागरिकको जीवन राजनीतिक हिसाबकिताबका लागि बलिदान हुनु दुखद भएको बताए । उनले गाजामा स्थायी युद्धविराम कायम हुनुपर्नेमा जोड दिए। मार्च १७ देखि इस्रायलले गाजामा ठूलो मात्रामा हवाई आक्रमण गरेको, स्थल आक्रमण पुनः सुरु गरेको र केन्द्रीय गाजालाई कब्जा गरेको छ। इस्रायलले मानवीय सहायता र विद्युत आपूर्तिसमेत अवरुद्ध गरेकाले ठूलो मात्रामा नागरिक हताहत हुनुका साथै मानवीय संकट गहिरिँदै गएको फुले बताए। "स्थायी युद्धविराम नै मानव जीवन जोगाउने र बन्धकको रिहाइ सुनिश्चित गर्ने सर्वोच्च प्राथमिकता हो," उनले जोड दिए। इस्रायलले बल प्रयोगको मोह त्याग्नुपर्ने, सैन्य कारबाही तुरुन्त रोक्नुपर्ने, तथा गाजामा मानवीय सहायता आपूर्ति अवरुद्ध नगर्नुपर्ने उनले उल्लेख गरे। यसैबीच, पश्चिम तटमा समेत संकट गहिरिएको फुले बताए। पछिल्लो दुई महिनामा इस्रायली सैन्य कारबाहीका कारण हजारौं प्यालेस्टिनी शरणार्थी शिविरहरू जबरजस्ती खाली गरिएका छन्। इस्रायलले पश्चिम तटमा आक्रमण बन्द गर्न, बसोबास विस्तार रोक्न र यहुदी बासिन्दाहरूबाट हुने हिंसालाई नियन्त्रण गर्नुपर्ने फुले बताए। फुले दुई-राष्ट्र समाधान नै प्यालेस्टिनी समस्याको एकमात्र उपाय भएको दोहोर्‍याउँदै अन्तर्राष्ट्रिय समुदायलाई यसको राजनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरे। चीनले इजिप्ट तथा अन्य अरब राष्ट्रहरूले अघि सारेको गाजा पुनर्निर्माण योजना समर्थन गर्ने बताउँदै, "गाजा र पश्चिम तटमा प्यालेस्टिनीहरुकै शासन हुनुपर्छ" भन्ने धारणा दोहोर्‍यायो। -ग्लोबल टाइम्स

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij