काठमाडौं, २३ वैशाख। लोकगीत प्रेमीहरूका लागि खुसीको खबर ! गायिका आशा बीसीको प्रस्तुतिमा नयाँ लोकगीत 'कल्ले लान्छ र मलाई' सार्वजनिक भएको छ। यो गीतले २०८२ सालको सुरुवातमै नेपाली सांगीतिक क्षेत्रमा नयाँ तरङ्ग ल्याउने विश्वास गरिएको छ।
गीतमा आशा बीसीको मिठो स्वर सुन्न सकिन्छ भने राजु परियारले यस गीतको शब्द र संगीत भरेका छन्। लोकसंगीतमा आफ्नो पृथक पहिचान बनाएका राजु परियारले यसपटक पनि शब्द र लयको माधुर्यबाट स्रोताको मन जित्ने प्रयास गरेका छन्।
गीतको संगीत संयोजन सुनिल परियारले गरेका छन्। मिक्सिङ र माष्टरिङको जिम्मा बिनोद परियारले सम्हालेका छन्। विभिन्न नेपाली लोकवाद्यहरूको समायोजनले गीतलाई अझ जीवन्त बनाइएको छ।
गीतको अडियो तथा भिडियो दुबैलाई
आशा बीसी अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो गीतले नेपाली समाजमा व्याप्त प्रेम, पीडा र सामाजिक भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ।
हेर्नुस भिडियो :
https://www.youtube.com/watch?v=HyfoOusdTyg&t=12s&ab_channel=AshaBC