इन्फिनिक्सले सार्वजनिक गर्यो नयाँ स्मार्टफोन, मूल्य २१ हजार ९९९
इन्फिनिक्सले सार्वजनिक गर्यो नयाँ स्मार्टफोन, मूल्य २१ हजार ९९९
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २४ जेठ। मोबाइल प्रविधिमा अग्रणी ब्रान्ड इन्फिनिक्सले नेपालमा नयाँ 5G स्मार्टफोन Infinix NOTE 50X सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि र सुलभ मूल्यमा उपलब्ध यो स्मार्टफोन देशभरका मोबाइल पसलहरूमा तथा अनलाइनमा मात्र रु. २१, ९९९ मा पाइने कम्पनीले जानकारी दिएको छ।
Infinix NOTE 50X मा शक्तिशाली MediaTek Dimensity 7300 Ultimate 5G प्रोसेसर जडान गरिएको छ। यससँगै 45W फास्ट चार्ज सपोर्ट गर्ने 5200mAh क्षमताको ब्याट्री, 6.67 इन्चको 120Hz LCD डिस्प्ले, 50MP रियर क्यामेरा (4K भिडियो सपोर्टसहित) र 8MP फ्रन्ट क्यामेरा जस्ता विशेषताहरू रहेका छन्।
फोनमा 6GB RAM र 128GB Storage, IP64 डस्ट एन्ड स्प्ल्यासप्रूफ डिजाइन, NFC, Infrared Blaster र Android 15 आधारित XOS 15 उपलब्ध छ।
कम्पनीका अनुसार यो फोन विशेषगरी गेमिङ, मल्टिटास्किङ र दिगो प्रदर्शन चाहने प्रयोगकर्ताका लागि लक्षित छ । Titanium Grey र अन्य आकर्षक रंग विकल्पहरूमा उपलब्ध यो मोडेलले नेपाली बजारमा मध्यम मूल्यको श्रेणीमा उत्कृष्ट विकल्प दिन सक्ने अपेक्षा गरिएको छ।
Infinix Mobile ले सन् २०१३ देखि युवा पुस्तालाई लक्षित गर्दै गुणस्तरीय प्रविधि र स्टाइलिश डिजाइनमा आधारित स्मार्ट उपकरणहरू विश्वभर उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया