२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

युवराज बस्ताकोटी : `नयाँ पुस्ताको आशा र परिवर्तनको सम्भावना´

युवराज बस्ताकोटी : `नयाँ पुस्ताको आशा र परिवर्तनको सम्भावना´

गण्डकी टाइम्स
आइतवार, आषाढ २२ २०८२
गण्डकी टाइम्स
आइतवार, आषाढ २२ २०८२
  • गोरखा, २२ असार । गोरखाको धरोहर, काठमाडौँको कर्मठ सपूत र चितवनसम्मको अध्ययन यात्रा बोकेका युवराज बस्ताकोटी अहिले नेपाली राजनीतिमा उदाउँदै गरेका आशाका किरण हुन्। लोकतान्त्रिक मूल्य, नैतिक आचरण र सभ्य राजनीतिक संस्कारको पक्षपाती बस्ताकोटी नेपाली राजनीतिलाई नयाँ मोड दिने दृढ अठोटका साथ गोरखाबाट राजनीतिक लडाईमा सकृय छन् । शिक्षा नीति र विकास रणनीतिमा गहिरो समझ राख्ने बस्ताकोटीले नेपालको समृद्धिको आधार विश्व अर्थतन्त्रसँग समन्वयमा रहेको विश्वास राख्छन्। नेपालजस्तो विकासशील राष्ट्र कसरी विश्वव्यापी आर्थिक प्रणालीबाट फाइदा लिन सक्छ भन्ने विषयमा उनको निरन्तर अध्ययन जारी छ। आजको राजनीति अराजक र मूल्यविहीन बन्दै गएको सन्दर्भमा उनी युवापुस्ताको भविष्य बर्वाद नहोस् भन्ने चिन्ताले राजनीतिक यात्रामा अग्रसर भएका हुन्। बस्ताकोटी प्लेटो, सुकरात, वीपी कोइराला र मदन भण्डारीजस्ता दर्शनशास्त्री तथा नेताबाट प्रेरित देखिन्छन्। पूर्ण लोकतान्त्रिक विधि र प्रगतिशील सामाजिक विकासका पक्षधर उनी पूर्वीय दर्शन र पश्चिमा पूँजीवादी अर्थतन्त्र दुवैको समिश्रित सोच राख्छन्। उनी राजनीतिक दृष्टिले आदर्शवादी भए पनि आर्थिक दृष्टिले प्रतिस्पर्धात्मक पूँजीवादमा विश्वास गर्छन्। निकट भविष्यमै सार्वजनिक हुने तयारीमा रहेको उनको पुस्तक ‘द नेपाल फस्ट (The Nepal First)’ बाट पनि उनका विचार र दृष्टिकोण झल्कनेछ। उनी आस्तिक विचारका व्यक्ति भएकाले पुस्तक प्रकाशनको उपयुक्त समय कुरिरहेका छन्। उनको राजनीतिक सामाजिक पदार्पणले नेपाली राजनीतिको विश्वास संकट समाधान गर्ने र देशको गरिमा विश्व सामु उचो पार्न उल्लेखनीय भूमिका खेल्ने विश्वास उनी नजिकबाट चिन्नेहरु व्यक्त गर्छन्। त्रिभुवन विश्वविद्यालयबाट शिक्षा लिएका उनले "देशको काँचुली फेर्ने" नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने एक प्राध्यापकको टिप्पणीले पनि उनको क्षमतामा थप प्रकाश पार्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij