२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

तत्काल खानेपानीको समस्या हल गर्न सरकारसँग सांसद उर्मिला माझीको माग

तत्काल खानेपानीको समस्या हल गर्न सरकारसँग सांसद उर्मिला माझीको माग

गण्डकी टाइम्स
सोमवार, आषाढ ३० २०८२
गण्डकी टाइम्स
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं, ३१ असार । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले देशभर र विशेष गरी तराईका जिल्लाहरुमा देखिएको खानेपानी को समस्या ततकाल समाधान गर्न सरकारसँग माग गरेकी छिन् । सोमबारको प्रतिनिधिसभको बैठकमा शुन्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद माझीले जनता खानेपानी पिउन नपाएर तड्पीने अवस्थालाई सरकारले टुटुटुलु हेरे बसेको र वेवास्ता गरिरहेको आरोप लगाइन् । उनले संसदमा लगातार खानेपानी समस्याको बारेमा कुरा उठिरहेको भएतापनि सरकारले कानमा तेल हालेर बस्नु विडम्बनापुर्ण भएको बताइन् । म उनले भनिन् –अहिले देशका विभिन्न भागहरुमा र विशेष गरी तराइका जिल्लाहरुमा खानेपानीको हाहाकार देखिएको छ । नागरिकहरु खानेपानी पाउनकै लागि लाइन लागेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । रित्ता गाग्री लिएर प्रदर्शन गरिरहेका छन् । संसदमा लामो समयदेखि खानेपानीको समस्याबारे कुरा उठीरहेको छ । सरकार कानमा तेल हालेर बसेको छ । उनले नीति कार्यक्रम र बजेटमा सबै जनतामा खानेपानी पुर्याउने कुरा गरेको सरकारले सुगम शहरमा समेत हप्तौंसम्म खानेपानी नपाएका जनताको समस्या समाधान नगरेर जनता खानेपानी नपाएर पिल्सीनुपर्ने अवस्था भएको बताइन् । त्यसैगरी उनले बजेट समयमै कार्यन्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले बजेट कार्यान्वयनमा सरकार गम्भीर नदेखीएको पनि बताइन् । उनले समयमै टेण्डर नहुँदा बजेट फ्रिज हुने, काम अधुरो रहने र जनताको अपेक्षा ध्वस्त हुने बताइन् । सांसद माझीले बजेट भदौभित्र कार्यन्वयन शुरू गरेर, मंसिरभित्र अनिवार्य रूपमा टेण्डर गरी बैसाख सम्म काम सम्पन्न गर्नको लागि सरकारले निर्देशन जारी गर्नुपर्ने बताइन् । उनले भनिन् – चैतमा टेण्डर गर्ने, जेठमा काम शुरू गर्ने र असारमा भद्रगोल गरेर सक्ने प्रचलन र विकास रोकीयोस् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij