२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एमालेले भन्यो: पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’मा

एमालेले भन्यो: पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’मा

गण्डकी टाइम्स
शनिवार, श्रावण ३ २०८२
गण्डकी टाइम्स
शनिवार, श्रावण ३ २०८२
  • काठमाडौँ, ३ साउन। नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण स्थगनमा रहेको बताएको छ। दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकका निर्णयबारे जानकारी गराउँदै प्रचार विभाग प्रमुख गौतमले पार्टीको विधानको धराा ८ र ९ आर्कषित भएकाले त्यो स्थगन भएको बताए। ‘नवीकरण पेन्डिङ अवस्थामा छ, किनभने पार्टी विधानको धारा ८ र धारा ९ आर्कषित भयो भने नवीकरण जहाँ छ, त्यही स्थगित भएको भन्ने बुझिन्छ,’ गौतमले भने, ‘पार्टीको धारा ८ र ९को व्याख्यापछि पार्टीले निर्णय लिन्छ।’ बैठकमा पदाधिकारी बाहेक ६८ जनाले धारणा राखेका थिए। त्यसमध्य धेरैले पूर्वराष्ट्रपति पार्टी राजनीतमा फर्किने विषय गम्भीर रहेको बताएको गौतमले जानकारी दिए। ‘धेरैजसो नेताहरूले भण्डारीजस्तो व्यक्तित्व, जसले राजकीय जिम्मेवारी तथा सेनाको परमाधिपतिको भूमिका निर्वाह गरिसकेको छ, उहाँ प्रत्यक्ष पार्टी राजनीतिमा फर्कनु गम्भीर विषय हुने धारणा व्यक्त गरेका छन्,’ गौतमले भने, ‘उहाँलाई अहिले नै अध्यक्ष बनाएर अघि बढ्ने भन्ने विषय सहज छैन,तर पार्टीले यसबारेमा गम्भीर छलफल गरेर उचित समयमा निर्णय गर्नेछ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij