२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

‘रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन’

‘रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन’

गण्डकी टाइम्स
शनिवार, श्रावण १० २०८२
गण्डकी टाइम्स
शनिवार, श्रावण १० २०८२
  • काठमाडौं, १० साउन। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल जोगाउनका लागि ठुला दल मिलेर सरकार बनाउने प्रयोग नेपालमा भएको बताएका छन् । शनिबार काठमाडौंमा रास्वपा उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै वाग्लेले ठुला क्रान्तिपछि देशलाई स्थिर बनाउन ठुला दल मिलेर सरकार बनाउने प्रयोग, अहिले दुई–चार भ्रष्टहरूको फाइल जोगाउन नेपालमा समेत त्यस्तो दुर्लभ प्रयोग भएको बताएका हुन् । उनले वर्तमान सरकार बनाउन संविधान संशोधनलाई बहाना मात्रै बनाएर सफेद झुट बोलेको जिकिर गरे । समृद्धि र सुशासनको नारा दिएको सरकारका मन्त्रीहरू नै भ्रष्टाचारमा डुब्नु लज्जास्पद अवस्था भएको उनको भनाइ छ । वाग्लेले वर्तमान सरकारले रवि लामिछानेलाई थुन्नु नै ठूलो काम ठानेको भन्दै अब छिटै ठुला दलले त्यसको नजिता भोग्ने चेतावनी दिए । उनले २८ लाख नेपालीले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको जानकारी दिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij