२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कञ्चनपुरका माओवादी कमरेडहरुबिच कार्यालयमै कुटाकुट

कञ्चनपुरका माओवादी कमरेडहरुबिच कार्यालयमै कुटाकुट

गण्डकी टाइम्स
आइतवार, श्रावण ११ २०८२
गण्डकी टाइम्स
आइतवार, श्रावण ११ २०८२
  • कञ्चनपुर, ११ साउन। कञ्चनपुरमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई नेताबीच पार्टी कार्यालयमै कुटाकुट भएको छ। आइतबार महेन्द्रनगरस्थित पार्टी कार्यालयमा विद्यार्थी संगठनको छलफल चलिरहेका बेला माओवादीको भीमदत्त नगर कमिटी सदस्य भुवन सिंह विष्ट र अखिल क्रान्तिकारी सुदूरपश्चिमका प्रदेश इन्चार्ज रामचन्द्र भट्टबीच कुटाकुट भएको हो। छलफल चलिरहेको बेला पूर्वरिसिबी पोखी अखिल क्रान्तिकारी प्रदेश इन्चार्ज भट्टमाथि बिष्टले मरणासन्न हुने गरी आक्रमण गरेको माओवादी कञ्चनपुरले जनाएको छ। कुटाकुटमा दुवै घाइते भएका छन्। घाइते भट्टलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि धनगढी लगिएको छ। उनको टाउको र निधारमा चोट लागेको छ। बिष्टको नाकमा चोट लागेको छ। महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि प्रहरीले उनलाई अहिले नियन्त्रणमा राखेको छ। झगडाको कारण खुलेको छैन। माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले भट्टमाथि आक्रमण गर्ने भीमदत्त नगर कमिटी सदस्य विष्टलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij