२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

गण्डकी टाइम्स
बुधवार, जेठ १ २०७६
गण्डकी टाइम्स
बुधवार, जेठ १ २०७६
  • काठमाडौं, १ जेठ ।  सगरमाथा आरोहण नयाँ किर्तिमान कायम भएको छ । सोलुखुम्बुका कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका हुन् । कामिरिता आज (बुधबार) बिहान ७ः५० बजे २३ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथमा पुगेका हुन् । उनीसँगै निमा ओङ्दी शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका सगरमाथा आधार शिविररमा रहेकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् । सोलुखुम्बुको थामे निवासी ४९ वर्षीय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन् । उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सले पनि यसको पुष्टी गरेको छ । कम्पनीका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै भने, ‘यो राष्ट्रकै गौरवको कुरा हो।’ सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij