२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आईफा अवार्डबारे बोल्यो सरकार, के भन्यो त ?

आईफा अवार्डबारे बोल्यो सरकार, के भन्यो त ?

गण्डकी टाइम्स
आइतवार, आषाढ १५ २०७६
गण्डकी टाइम्स
आइतवार, आषाढ १५ २०७६
  • काठमाडौं, १५ असार ।  नेपाल टुरिज्म बोर्डले सरकारले ‘इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आईफा) अवार्डका लागि अनुमति दिएपनि बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सो अवार्ड आयोजनाका लागि अनुमति दिएपनि सरकारले त्यसका लागि बजेट दिने कुनै पनि निर्णय नगरेको प्रष्टयाएका हुन् । निजी क्षेत्रको सहकार्यमा हुने सो अवार्ड आयोजनाका लागि १ अर्ब बजेट दिन लागेको भन्दै सरकारको आलोचना भइरहेका बेला आयोजकको जिम्मेवारी पाएको बोर्डले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले बजेट दिने कुनै निर्णय नगरेको प्रष्टयाएका हुन् । प्रमुख कार्यकारी अधिकृत जोशीले सो कार्यक्रम आयोजनाका लागि करिब ४ सय मिलियन अमेरिकी डलर नेपालले व्यवस्था गर्नुपर्ने प्रस्ताव आएको र त्यसलाई बोर्ड, काठमाडौं महानगरपालिका र निजी क्षेत्रले मिलेर व्यहोर्ने विषयमा छलफल भइरहेको पनि जानकारी दिए । बोर्डले सो अवार्ड नेपालको पर्यटन प्रवद्र्धनका लागि अन्त्यन्तै ठूलो अवसर भएकाले पनि नेपालमा गर्ने निर्णयमा सरकार पुगेको जनाएको छ । सो अवार्डको आयोजनाबाट नेपाल र राजधानी काठमाडौंको परिचय विश्वमाझ पुग्ने पनि बोर्डको अपेक्षा छ । बलिउडका कलाकारहरुसहभागी हुने सो अवार्ड पर्यटन प्रवद्र्धनका लागि अति उपयोगी हुने भएकाले आयोजना गर्न लागिएको पनि प्रमुख कार्यकारी अधिकृत जोशीले बताए । जोशीका अनुसार सो अवार्ड आयोजना गर्ने मिति र त्यसका लागि बजेट व्यवस्था गर्ने काम आगामी दिनमा हुने छलफलबाट तय हुनेछ । मन्त्रिपरिषद बैठकले सो अवार्डको आयोजकको रुपमा नेपाल पर्यटन बोर्डलाई अनुमति दिने निर्णय गरिसकेको छ भने काठमाडौं महानगरपालिकाले सहआयोजकको भूमिका निर्वाह गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij