नवीकरण नगरे पनि टानको ४१ औं साधारणसभा हुन्छ : अध्यक्ष दाहाल
नवीकरण नगरे पनि टानको ४१ औं साधारणसभा हुन्छ : अध्यक्ष दाहाल
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ११ भदौ । ट्रेकिङ व्यावसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बिगत दुई वर्षदेखि नवीकरण हुन नसक्दा यसको बैधानिकता माथि प्रश्न उठेको छ। पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बिक्रीवापतको शुल्कको राजस्व नबुझाएपछि टान विगत दुई वर्षदेखि नवीकरण हुन नसकेको हो ।
राजस्व नबुझाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले टान नवीकरण नगरेको बताइएको छ। टिम्स बिक्रीवापतको लिएको शुल्कको २५ प्रतिशतले हुन आउने आम्दानी राजस्व टानले बुझाउनु पर्छ ।
टानले बुझाउनु पर्ने १ करोड ८५ लाख आम्दानी कर नतिर्दा दुई वर्षदेखि नवीकरण हुन नसकेको हो । टान नवीकरणबिनै संचालन हुदै आएपछि यसले गर्दै आएको काम तथा निर्णयको बैधानिकता माथि प्रश्न उठ्ने सरोकारवालाले बताएका छन्।
तत्कालीन अध्यक्ष चन्द्र रिजालको कार्यकालदेखि नै राजस्व नबुझाएपछि आर्थिक वर्ष २०७४/०७५ देखि नै टान नवीकरण हुन नसकेको हो।
टानको नवीकरणको लागि प्रकिर्या आगाडी बढी सकेको टानका अध्यक्ष नवराज दाहालले जानकारी दिएका छन् । नवीकरणनै नगरी चलेको टानले गरेका निर्णय त अबैधानिक होला नि भन्ने गण्डकी टाईम्सडटकमको प्रश्नमा उनले पर्यटनसंग सम्बन्धित अन्य सस्था पनि नवीकरणबिनै चलिरहेको बताए ।
नवीकरणबिनै टानको भदौ २० मा हुने ४१ औं साधारणसभा हुन्छ त भन्ने अर्को प्रश्नमा अध्यक्ष दाहालले त्यति बेलासम्म नवीकरण हुने तर नवीकरण हुन नसके पनि साधारणसभालाई कुनै असर नपर्ने दावी गरेका छन्।
राजस्वले पटक-पटक ताकेता गर्दा पनि टानले राजस्व तिर्न आलटाल गरेको श्रोतले जानकारी दिएको छ । राजस्व तिर्नु पर्ने पैसा टानकै एक पदाधिकारीको व्याक्तिगत खातामा जम्मा गरेर राखेको पनि श्रोतले गण्डकी टाईम्सडटकमसंग बताएको छ ।
मालीगाउँमा रहेको टानको केन्द्रीय कार्यालय भवन हालसाबिक नहुदा महानगरपालिकाले पटक-पटक ताकेता गरे पनि टान कार्यसमितिले आलटाल गर्दै आएको नाम उल्लेख नगर्ने शर्तमा एक सदस्यले जानकारी दिए ।
टानको नयाँ नेत्रत्वको लागि यहि भदौ २० मा ४१ औं साधारणसभा हुदैछ । नेपालका करिब दुई हजार दुई सय ट्रेकिङ कम्पनीमध्ये एक हजार ८ आठ सय कम्पनी टानमा आबद्ध छन् ।
प्रतिक्रिया