२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुस्ताउन थाल्यो सेयर बजार

सुस्ताउन थाल्यो सेयर बजार

गण्डकी टाइम्स
आइतवार, आषाढ २० २०७८
गण्डकी टाइम्स
आइतवार, आषाढ २० २०७८
  • काठमाडौं, २० असार । पछिल्लो केही दिन यता सेयर कारोबार मापक नेप्से परिसूचकसँग कारोबार रकम समेत सुस्ताउन थालेको छ । कुनै दिन २० अर्ब नजिकको कारोबार भएको सेयर बजारमा आइतबार भने जम्मा ५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो । यो पछिल्लो २ महिना यताकै सर्वाधिक कम हो ।

    साताको पहिलो दिन नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ५१ अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३३ अंकले घटेको छ । नेप्से परिसूचक होइन सेयर कारोबार रकम, कारोबार संख्या, कारोबार कित्ता सबै ओरालो लागेको छ ।

    दिनभर भएका ६० हजार १७५ कारोबारबाट २२४ कम्पनकिा १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँमात्रै भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij