२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मनकामना स्मार्ट लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

मनकामना स्मार्ट लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

गण्डकी टाइम्स
सोमवार, आषाढ २१ २०७८
गण्डकी टाइम्स
सोमवार, आषाढ २१ २०७८
  • काठमाडौं, २१ असार । मनकामना स्मार्ट लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । यसले असार १७ गतेबाट आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा मागभन्दा निकै बढी आवेदन परिसकेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझसम्ममा यसमा आवेदन दिने लगानीकर्ताको संख्या १७ लाख नाघेको छ ।

    १७ लाख ६३ हजार ७९४ जना आवेदकबाट २ करोड ३२ लाख ७ हजार ४६० कित्ताका लागि आवेदन परिसकेको छ । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६३.८४ गुणा बढी हो । मनकामना स्मार्टले १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याइएको छ ।

    बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो । मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् ।

    क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । इक्राले गत फागुन ११ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी फागुन ११ गतेसम्म बाहल रहनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij