२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?

गण्डकी टाइम्स
मंगलवार, आषाढ २२ २०७८
गण्डकी टाइम्स
मंगलवार, आषाढ २२ २०७८
  • काठमाडौं, २३ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । यस आइपीओमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन् । जसमध्ये जसमध्ये १ लाख ८४ हजार ७९६ जनालाई १० कित्ता र ५ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४८ हजार १५ कित्ता सेयर बाँडफाँट गरेको हो । जीवन विकासले असार ११ गतेदेखि १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेकामा ०.५% अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको थियो । यस आइपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । बिक्री प्रबन्धकका अनुसार कुल २० लाख ८७ हजार ३१७ जना लगानीकर्ताले आवेदन दिएकामा २० लाख १८ हजार ३०८ जनाको आवेदन मात्र योग्य ठहरिएको छ । ६९ हजार ९ जना लगानीकर्ताको आवेदन रद्द भएको छ । सर्वसाधारणबाट माग भन्दा १६ गुणा बढी आवेदन परेको हो । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, जीवन विकास लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij