२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

गण्डकी टाइम्स
बिहिवार, आषाढ २४ २०७८
गण्डकी टाइम्स
बिहिवार, आषाढ २४ २०७८
  • काठमाडौं, २४ असार । साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर करोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापार र ‘अन्य’ बाहेकका सबै समूह बढेका छन् । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलव ८९ अंकमा पुगेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४१ अंकले बढेको छ । कारोबार रकम भने ५ अर्ब पनि पुग्न सकेन ।

    दिनभर भएका ५१ हजार ८६८ कारोबारबाट २२३ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर किनबेच भएका छन् ।

    जसबाट कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँ पुगेको छ । बिहीबार सबैभन्दा धेरै फाइनान्स कम्पनीको समूहगत सवइन्डेक्स बढेको छ । फाइनास् ३ प्रतिशत भन्दा माथिले बढ्दा दोस्रोमा विकास बैंक २ प्रतिशत माथि र लघुवित्त समूह १ प्रतिशत माथिले बढेका छन् ।

    सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । दोस्रामा राष्ट्रिय बिमा कम्पनीको संस्थापक समूहतर्फको सेयर मूल्य प्रतिकित्ता १ हजार ८४ रुपैयाँले बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij