२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मनकामना स्मार्टको आइपीओ बाँडफाँट, रिजल्ट कहाँबाट हेर्ने ?

मनकामना स्मार्टको आइपीओ बाँडफाँट, रिजल्ट कहाँबाट हेर्ने ?

गण्डकी टाइम्स
आइतवार, आषाढ २७ २०७८
गण्डकी टाइम्स
आइतवार, आषाढ २७ २०७८
  • काठमाडौं, २८ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । यस आइपीओमा गोलाप्रथामार्फत ३६ हजार ३४९ जनाले सेयर हात पारेका छन् । जसमध्ये ३६ हजार ३४७ जनालाई १० कित्ता र २ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ । कम्पनीले सर्वसाधारणलाई ३ लाख ६३ हजार ४९२ कित्ता सेयर बाँडफाँट गरेको हो । मनकामना स्मार्टले असार १७ गतेदेखि २१ गतेसम्म कुल ३ लाख ८९ कित्ता आइपीओ निष्कासन गरेकामा ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको थियो । यो आइपीओमा रितपूर्वक आवेदन दिएका १९ लाख ५१ हजार ५२१ जना सर्वसााधारणलाई गोलाप्रथामा सहभागी गरिएको बिक्री प्रबन्धकले जनाएको । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, मनकामना स्मार्ट लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । आइपीओ नतिजा भने १ देखि २ घण्टापछि मात्र प्रकासन हुने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij