२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

गण्डकी टाइम्स
मंगलवार, आषाढ २९ २०७८
गण्डकी टाइम्स
मंगलवार, आषाढ २९ २०७८
  • काठमाडौं, २९ असार । सेयर बजार परिसूचक नेप्से १६.३४ अंकले बढेको छ । सरकार परिवर्तनको घटनाक्रमसँगै हरियाली बनेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने साढे चार अर्बको गिरावट आएको छ ।

    मंगलबार नेप्से परिसूचक बढेर २ हजार ८७१ दशमलव ३ अंकमा पुगेको छ । सोमबार दोस्रो बजारमा सेयर कारोबार भएको १३ उपसमूहमध्ये १२ उपसमूह हरियाली बन्यो । लाइफ इन्स्योरेन्स उपसमूह भने ०.३९ प्रतिशतले घट्न पुग्यो ।

    शून्य दशमलब ५७ प्रतिशतले बढेको बजारमा कारोबार रकम पाँच अर्ब ५४ करोड ६३ लाखमा सीमित भयो । जुन अघिल्लो दिनको तुलनमा चार अर्ब ४४ करोडले कम हो । आज दोस्रो बजारमा २२३ कम्पनीको एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर ५३ हजार हजार १३९ पटक कारोबार भएको थियो ।

    मंगलबार आधार दर्जन कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भयो भने नौ कम्पनीको सेयर मूल्य पाँच प्रतिशत हाराहारीले बढ्यो । आज सेन्ट्रलर फाइनान्स, समृद्धि फाइनान्स, मन्जुश्री फाइनान्सका लगानीकर्ता दोस्रोमा धेरै कमाउनेमा गनिए ।

    यस्तै सानिमा लार्ज क्यापिटल फण्डका लागानीकर्ताले सबै भन्दा धेरै तीन दशमलब ०८ प्रतिशतले बजारबाट गुमाए । मंगलबार नेपाल बंगलादेश बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको थियो । यस्तै नेपाल लाइफ इन्स्योरेनस कम्पनी, एनआईसी एशिया बैंक, निर्धान उत्थान बैंक लगायतका कम्पनी पनि धेरै कारोबार हुने कम्पनीमा परेका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij