२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ खुल्ने

साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ खुल्ने

गण्डकी टाइम्स
मंगलवार, श्रावण १२ २०७८
गण्डकी टाइम्स
मंगलवार, श्रावण १२ २०७८
  • काठमाडौं, १२ साउन । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो ।

    ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पाँच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ ।

    त्यसपछि बाँकी ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत सेयर आईपीओमार्फत बिक्री गर्न लागेको हो ।

    आईपीओमा साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आईपीओ बिक्री नभएर भदौ २ गतेसम्म आवेदन दिने म्याद छ । निवेदकले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्म आईपीओका लागि आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij