२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

गण्डकी टाइम्स
बुधवार, श्रावण १३ २०७८
गण्डकी टाइम्स
बुधवार, श्रावण १३ २०७८
  • काठमाडौं, १३ साउन । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ । यो इतिहासकै उच्च विन्दु हो ।

    यस अघि मंगलबार पनि २९.२४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । बुधबार पुनः नयाँ रेकर्ड कायम भएको छ ।

    नेप्से परिसूचक १५ दशमलव ३० अंकले बढ्दा सेन्सेटिभ इन्डेक्स भने स्थिर देखिएको छ । नेप्से परिसूचकले नयाँ रेकर्ड राखे पनि कारोबारमा खासै उत्साह देखिएन ।

    दिनभर भएका १ लाख २८ हजार ७८० कारोबारबाट २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ पुगेको छ ।

    कारोबार रकम मंगलबारको भन्दा करिब २ अर्ब रुपैयाँ कम हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij