२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सामलिङ पावरले साउन २२ गतेदेखि आइपीओ बिक्री गर्ने

सामलिङ पावरले साउन २२ गतेदेखि आइपीओ बिक्री गर्ने

गण्डकी टाइम्स
बिहिवार, श्रावण १४ २०७८
गण्डकी टाइम्स
बिहिवार, श्रावण १४ २०७८
  • काठमाडौं, १४ साउन । सामलिङ पावर कम्पनीले साउन २२ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावितका लागि कुल ५ लाख कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४०% अर्थात २ लाख कित्ता सेयर छुट्याइएको छ ।

    बाँकी ६०% अर्थात ३ लाख कित्ता भने इलाम जिल्लाभारीका स्थानीयका लागि छुट्याइएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको आइपीओ बिक्री गर्न लागेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । स्थानीयले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने भदौ २० गतेसम्म खुला रहनेछ ।

    लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । हाल सामलिङ पावरद्वारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ । यसको अनुमानित कुल लागत २ अर्ब रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij