२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

गण्डकी टाइम्स
बिहिवार, श्रावण १४ २०७८
गण्डकी टाइम्स
बिहिवार, श्रावण १४ २०७८
  • काठमाडौं, १४ साउन । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक बिहीबार १५ दशमलव ११ अंकले घटेर ३ हजार ७९ दशमलव ८३ अंकमा झरेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४७ अंकले ओरालो लागेको छ । नेप्सेमा कारोबार हुने समूहगत सबइन्डेक्सहरु होटल तथा पर्यटन र विकास बैंक भने बढेका छन् । बाँकी सबै सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् ।

    नेप्से परिसूचकसँगै कारोबार रकममा समेत कमी आएको छ । बुधबार १३ अर्ब रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब पनि पुग्न सकेन ।

    दिनभर भएका १ लाख ६ हजार ६ सय ८२ कारोबारबाट २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँमा रोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij