२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै

गण्डकी टाइम्स
सोमवार, श्रावण १८ २०७८
गण्डकी टाइम्स
सोमवार, श्रावण १८ २०७८
  • काठमाडौं, १८ साउन । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार भएको सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन ।

    कम्पनीले प्रारम्भिक सेयर निष्काशनका लागि कुल जारी पूँजी ७६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार रुपैयाँ कित्ता प्रारम्भिक सेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० २० हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

    सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij