२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

गण्डकी टाइम्स
बुधवार, श्रावण २० २०७८
गण्डकी टाइम्स
बुधवार, श्रावण २० २०७८
  • काठमाडौं, २० साउन । उच्च कारोबार रकमसहित बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार १२.०५ अंकले बढेर नेप्से ३१२३.१५ विन्दुमा पुगेको छ ।

    बुधबार लगानीकर्ता भने जलविद्युत समूहमा झुम्मिएका छन् । जलविद्युत समूहको परिसूचक ५.८१ प्रतिशतले वृद्धि भएको छ । बुधबार जलविद्युत बाहेक बैंकिङ, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लगानी समूहको परिसूचक हरियो रह्यो । अन्य समूहको परिसूचक भने घटेको छ । बुधबार कुल २२५ कम्पनीको १ लाख ४४ हजार ८ सय ८७ वटा कारोबार भएको छ । यसबाट कुल २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर किनबेच भएको छ । बुधबार कुल कारोबार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रह्यो । बुधबार एक दर्जन कम्पनीको मूल्य सर्किट स्तरमा बढेको छ । अपि पावर कम्पनी, खानीखोला जलविद्युत, दिव्येश्वरी हाइड्रोपावर, कालिका पावर, माथिल्लो तामाकोशी सहितका कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

    बुधबार सबैभन्दा बढी गुमाउने कम्पनीमा भने ङ्याग्दी ग्रुप पावर, लक्ष्मी इक्विटी फण्ड, पोखरा फाइनान्स लगायत कम्पनी छन् । यस दिन सबैभन्दा बढी कारोबार भने अपि पावर कम्पनीको भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij