२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

गण्डकी टाइम्स
बिहिवार, श्रावण २१ २०७८
गण्डकी टाइम्स
बिहिवार, श्रावण २१ २०७८
  • काठमाडौं, २१ साउन । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १ सय ७ दशमलव ४५ अंकमा झरेको छ । यस अघि मंगलबार र बुधबार लगातार नेप्से परिसूचक बढेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

    सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेको छ । कारोबार रकम पनि बढेको छ । दिनभर भएका १ लाख ३५ हजार ४२ कारोबारबाट २२६ कम्पनीका २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ पुगेको छ । समूहगत सबइन्डेक्सहरुमा विकास बैंक समूह भने १०८ अंक भन्दा धेरैले बढेको छ ।

    बैंकिङ समूह पनि झिनो अंकले बढ्दा बाँकी सबै समूहका सबइन्डेक्सहरु घटेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij