२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सेयर बजारमा नयाँ रेकर्ड

सेयर बजारमा नयाँ रेकर्ड

गण्डकी टाइम्स
बिहिवार, श्रावण २८ २०७८
गण्डकी टाइम्स
बिहिवार, श्रावण २८ २०७८
  • काठमाडौं, २८ साउन । बिहीबार सेयर बजारको परिसूचक नेप्से १६.३ अंकले बढेको छ।

    सो अंकको वृद्धिसँगै नेप्से ३ हजार १७८ अंकमा पुगेको छ। जुन अंक अहिलेसम्मकै उच्च हो। तीन दिनदेखि बजारमा उच्च अंकको नयाँ रेकर्ड बन्दै आएको छ। यसअघि मंगलबार ३१६२ र बुधबार ३१६३ को रेकर्ड बनेको थियो।

    यस दिन कारोबार रकम पनि बढेको छ। १७ अर्ब ५१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि हिजो १५ अर्ब ४५ करोडको कारोबार भएको थियो।

    परिसूचकले रेकर्ड तोडे पनि कारोबार रकमले भने जेठ ३० गतेको रेकर्ड तोड्न सकेको छैन। सो दिन १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

    यस दिन विकास बैंकमा लगानीकर्ताको आकर्षण बढेको छ। सो समूह नै यस दिन सबैभन्दा धेरै ३४६ अंकले बढेको छ। त्यस्तै बैंकिङ ९, फाइनान्स ३२, लगानी १, जीवन बीमा ३१, उत्पादन ११६ अंकले बढेका छन्।

    होटल तथा पर्यटन ३९, जलविद्युत २३, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा १२, अन्य ९ र ब्यापार समूह ५९ अंकले घटेका छन्। यस दिन ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

    महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त, माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युत परियोजना, कामना सेवा विकास बैंक र युनियन लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको हो। श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ७ प्रतिशतले बढेको छ।

    पाँचथर पावर कम्पनीको मूल्य ४ प्रतिशतले घट्यो। ओरेन्टल होटल, सारथी नेपाल लघुवित्त, एभरेष्ट इन्स्योरेन्स संस्थापक र तारागाउँ रिजेन्सीको मूल्य साढे ३ प्रतिशत बढीले घटेको छ।

    कारोबारका आधारमा यस दिन माथिल्लो तामाकोसी अग्रस्थानमा रह्यो। सो कम्पनीको ६२ करोडको कारोबार हुँदा मूल्य भने ३.४ प्रतिशतले घट्यो।

    कामना सेवा विकास बैंक, साइन रेसुङ्गा, जलविद्युत लगानी तथा विकास कम्पनी र गरिमा विकास बैंक पनि कारोबारका आधारमा अगाडि रहे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij