२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली

गण्डकी टाइम्स
सोमवार, श्रावण ३२ २०७८
गण्डकी टाइम्स
सोमवार, श्रावण ३२ २०७८
  • काठमाडौं, ३२ साउन । मौद्रिक नीति पछिको दोस्रो कारोबार सोमबार शेयर बजार करिब ६ अंकले बढेको छ । नेप्से परिसूचक ५.७२ अंकले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अंकमा पुगेको हो ।

    नेप्सेपरिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५६ अंकले बढेको छ । सेयर कारोबार रकम भने १६ अर्ब पनि पुगेन । यस अघि आइतबार नेप्से परिसूचक २४ अंकले घट्दा २१ अर्ब नाघेर सेयर कारोबार रकमले नयाँ इतिहास बनाएको थियो ।

    सोमबार १ लाख ५९ हजार ९३ कारोबारबाट १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij