२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि शेयर बजारमा उच्च गिरावट

आज पनि शेयर बजारमा उच्च गिरावट

गण्डकी टाइम्स
बुधवार, भाद्र २३ २०७८
गण्डकी टाइम्स
बुधवार, भाद्र २३ २०७८
  • काठमाडौं, २३ भदौ । शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन आइतबार १०८.२६ अंकले घटेको बजारमा सोमबार १६२ अंकको वृद्धि भएको थियो । तर, मंगलबार र बुधबार भने लगातार बजारमा उच्च गिरावट देखिएको छ ।

    मंगलबार ४४.१८ अंकले घटेको बजार बुधबार ६०.०२ प्रतिशतले तल झर्‍यो । यो २.०४ प्रतिशतको गिरावट हो । बुधबार २८७६.५९ बिन्दुमा झरेर कारोबार बन्द भएको छ । बजारमा उच्च अंकको गिरावट र अस्थिरता देखिँदा लगानीकर्तालाई समेत अन्यौलको सिर्जना गरेको छ । यसले कारोबार रकममा समेत ठूलो गिरावट आएको छ । बुधबार मात्र ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको थियो । कारोबार घट्नुलाई भने सामान्यतया लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेको बुझ्न सकिन्छ ।

    बुधबार कुल २२५ कम्पनीको ७४ हजार ८९० वटा कारोबार भएको छ । यसबाट १ करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर किनबेच भएको छ । यस दिन सबै परिसूचक राताम्मे रहे । सबैभन्दा बढी गुमाउने लगानीकर्ता वित्त, अन्य, विकास बैंक, व्यापार, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा कम्पनीका रहेका छन् ।

    बुधबार सबैभन्दा बढी कमाउने कम्पनीमा सानिमा लाइफ इन्स्यारेन्सका लगानीकता रहे । यो कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भयो । एक्सेल विकास बैंक, राइर्‍याङ हाइड्रो, यूनिर्भसल पावर र स्वरोजगार लघुवित्त विकास बैंकको शेयरमूल्यमा वृद्धि देखियो । बढी गुमाउने लगानीकर्ता भने लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुडवील फाइनान्स, नविल समृद्धि फण्ड, सिभिल लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्सका लगानीकर्ता छन् । बुधबार सबैभन्दा धेरै कारोबार युनाइटेड मोदी हाइड्रोपावरको ४० करोड ५७ लाख ७५ हजार रुपैयाँ बराबरको भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij