२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शेयर बजारमा झिनो अंकले सुधार

शेयर बजारमा झिनो अंकले सुधार

गण्डकी टाइम्स
सोमवार, भाद्र २८ २०७८
गण्डकी टाइम्स
सोमवार, भाद्र २८ २०७८
  • काठमाडौं, २८ भदौ । शेयर बजार परिसूचक नेप्सेमा सोमबार झिनो वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको बजार सोमबार भने शून्य दशमलव २७ अंकले मात्र बढेको छ ।

    अघिल्लो साता निरन्तर घटेको बजारमा यो साताबाट भने लगानीकर्तामा उत्साह फर्किएको देखिएको छ । किनकि साताको पहिलो दिनबाटै कारोबार रकम ९ अर्ब नाघेको छ । सोमबार समेत कारोबार ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । सोमबार बजार २९४७.६९ बिन्दुमा पुगेको छ । यो वृद्धि ०.०१ प्रतिशत मात्र हो ।

    सोमबार कुल २२६ कम्पनीको कारोबार भयो । ९२ हजार २ सय १८ वटा कारोबारबाट सोमबार १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता शेयर किनबेच भएको तथ्यांक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij