२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेप्से परिसूचसँगै कारोबार रकममा गिरावट

नेप्से परिसूचसँगै कारोबार रकममा गिरावट

गण्डकी टाइम्स
मंगलवार, भाद्र २९ २०७८
गण्डकी टाइम्स
मंगलवार, भाद्र २९ २०७८
  • काठमाडौं, २९ भदौ । शेयर कारोबार रकममा गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार कबिर ४ अर्ब रुपैयाँले शेयर कारोबार रकम घटेको छ । एकैदिन २१ अर्ब रुपैयाँसम्मको शेयर कारोबार भएको बजारमा बुधबार जम्मा ५ अर्ब रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।

    यस अघि सोमबार अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँको शेयर कारोबार भएको थियो । दिनभर भएका ५९ हजार ८ सय ५४ कारोबारबाट १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता शेयर किनबेच भएका छन् ।

    जसबाट ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको शेयर कारोबार भएको छ । कारोबार रकमसँगै शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि गिराट आएको छ ।

    साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको शेयर बजार सोमबार ३ अंकले मात्रै सुधार भएको थियो । मंगलबार भने दोहोरो अंकले घटेको छ ।

    १८ दशमलव ५४ अंकले घटेर नेप्से परिसूचक २ हजार ९ सय २९ दशमलव २८ अंकमा झरेको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव २१ अंकले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij