२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

गण्डकी टाइम्स
बुधवार, भाद्र ३० २०७८
गण्डकी टाइम्स
बुधवार, भाद्र ३० २०७८
  • काठमाडौं, ३० भदौ । मंगलबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूच बुधबार पनि दोहोरो अंकले नै घटेको छ । नेप्से परिसूचक ४० दशमव २६ अंकले घटेर २ हजार ८ सय ८९ दशमलव ०३ अंकमा झरेको छ ।

    बुधबार १ दशमलव ३७ प्रतिशतले बजार घटेको हो । यस अघि मंगलबार १८ अंकले परिसूचक घटेको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव १६ अंकले घटेको छ ।

    कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ७५ हजार ८ सय ९५ कारोबारबाट १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर किनबेच भएका छन् । कारोबार संख्या मंगबलारको तुलनमा बुधबार घटेको हो ।

    बुधबार कारोबार रकम ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँमा रोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij