२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शेयर बजारमा भारी गिरावट

शेयर बजारमा भारी गिरावट

गण्डकी टाइम्स
बिहिवार, भाद्र ३१ २०७८
गण्डकी टाइम्स
बिहिवार, भाद्र ३१ २०७८
  • काठमाडौं, ३१ भदौ । साताको अन्तिम कारोबार बिहिबार पनि शेयर बजार ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बजारमा ७६.६५ प्रतिशतको गिरावट देखियो ।

    भदौ मसान्त पारी बैंकहरुले व्याजदर सार्वजनिक गरेका थिए । बैंकको व्याजदर बढेसँगै लगानीकर्ता निरास बनेको देखिएको छ । बिहीबार कुल २२९ कम्पनीको १ लाख १३ हजार ८ सय ७ वटा कारोबारबाट १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भएको छ ।

    बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ । यस दिन कुल ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूह राताम्मे रह्यो । सबैभन्दा बढी वित्त, हाइड्रोपावर, विकास बैंक, होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाए । बिहीबार मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्यो । सबैभन्दा बढी गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, आईसीएफसी फाइनान्स, लिवर्टी इनर्जीलगायत कम्पनीका लगानीकर्ता छन् । बिहीबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij