२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

सोह्रखुट्टेमा आगलागी, ६ दमकल खटाइयो

सोह्रखुट्टेमा आगलागी, ६ दमकल खटाइयो

गण्डकी टाइम्स
शुक्रवार, मंसिर १७ २०७८
गण्डकी टाइम्स
शुक्रवार, मंसिर १७ २०७८
  • काठमाडौं, १७ मंसिर । सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ । शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । ‘बाहिरी भागको आगो नियन्त्रणमा लिएपछि मात्र भित्र प्रवेश गर्छौं, त्यसपछि नै आगलागीको कारण थाहा हुन्छ’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij