२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

पत्रकारहरूमाथि प्रहरीकाे धरपकड: एकपछि अर्को पक्राउ

पत्रकारहरूमाथि प्रहरीकाे धरपकड: एकपछि अर्को पक्राउ

गण्डकी टाइम्स
शुक्रवार, कार्तिक १४ २०८३
गण्डकी टाइम्स
शुक्रवार, कार्तिक १४ २०८३
  •  
    काठमाडौं । प्रहरीले नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ।
     
    सादा पोशाकमा आएका तीन प्रहरीले समाचार कक्षबाटै सुवेदीलाई पक्राउ गरेका हुन्। पक्राउ गर्दा प्रहरीले पुर्जी नदेखाएको र ‘आईजी साब’को आदेश रहेको मात्रै बताएको नेपाल प्रेसका पत्रकार राजाराम न्यौपानेले जानकारी दिएका छन्।
     
    साइबर ब्युरोको आग्रहमा अपराध अनुसन्धानबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतको भनाइ छ।
     
    प्रहरीलेआजै मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई पक्राउ गरेकोथियो । बराल अनामनगरबाट पक्राउ परेका हुन् ।

    पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा समेत प्रहरी परिचालन गरिएकाे छ। नयाँ पत्रिकाले इनम सापकोटा र सर्वोच्चका न्यायाधीश हरि फुयाँलको बिचमा कुराकानी हुने गरेको विवरण सार्वजनिक गरेको थियो ।

    दियो पोस्टका प्रधान सम्पादक सुदिप विश्वकर्मालाई पनि प्रहरीले खोजिरहेको बताइएको छ। प्रहरी टाेली दियाे पाेस्टकाे कार्यालयमा समेत पुगेकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij