२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

आज कोरोना संक्रमणबाट मृत्यु हुने संख्या शून्‍य, कति संक्रमित थपिए ?

आज कोरोना संक्रमणबाट मृत्यु हुने संख्या शून्‍य, कति संक्रमित थपिए ?

गण्डकी टाइम्स
शुक्रवार, मंसिर १७ २०७८
गण्डकी टाइम्स
शुक्रवार, मंसिर १७ २०७८
  • काठमाडौं, १७ मंसिर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बिहीबार भने ६ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    कोरोना संक्रमणमुक्त हुनेको संख्या भने ३४७ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमति संख्या ६९२१ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij