२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

‘स्रोत नखुलेको’ ६९ लाख ५० सहित हिरोसी खनाल पक्राउ

‘स्रोत नखुलेको’ ६९ लाख ५० सहित हिरोसी खनाल पक्राउ

गण्डकी टाइम्स
आइतवार, मंसिर १९ २०७८
गण्डकी टाइम्स
आइतवार, मंसिर १९ २०७८
  • काठमाडौं, १९ मंसिर । काठमाडौंको दरवारमार्गस्थित विइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको ७९ लाख ५० हजार नगदसहित एकजना पक्राउ परेका छन् ।

    विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्ग र काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले सो पसलका सञ्चालक हिरोसी खनाललाई सो रकमसहित पत्रक्राउ गरेको हो ।

    नेपाली एक हजार दरका १०० वटा भएको ४९ वण्डल र नेपाली रुपैया ५ सय दरका ४१ बण्डल बरामद गरेको काठमडौं परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन ।

    बरामद भएको नगद रकमसहित महानगरीय प्रहरी परिसर काठमाडौले अनुसन्धान गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्दिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij