२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

आइतबार संक्रमित भन्दा निको हुने दोब्बर

आइतबार संक्रमित भन्दा निको हुने दोब्बर

गण्डकी टाइम्स
आइतवार, मंसिर १९ २०७८
गण्डकी टाइम्स
आइतवार, मंसिर १९ २०७८
  • काठमाडौं, १९ मंसिर । पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४३६ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ भने ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ जना रहेका छन् । जसमध्ये ६ हजार १६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १०७ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७ जना कोरोना संक्रमित थपिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij