२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

गोली लागेर तनहुँमा १७ वर्षीय युवकको मृत्यु

गोली लागेर तनहुँमा १७ वर्षीय युवकको मृत्यु

गण्डकी टाइम्स
आइतवार, मंसिर १९ २०७८
गण्डकी टाइम्स
आइतवार, मंसिर १९ २०७८
  • दमौली, २० मंसिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ मा गोली लागेर युवकको मृत्यु भएको छ । गएराति शिकार खेल्ने क्रममा गोली लागेर १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    डीएसपी युवराज खड्काका अनुसार, शिकार खेल्न जंगल गएका बेला गोली लागेर मल्लको घटनास्थलमै मृत्यु भएको हो । सो घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पक्राउ परेका सुनबहादुर गुरुङ रोहित मल्लकै छिमेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij