गोरखामा काग्रेसका कार्यकर्ताद्धारा एमाले कार्यकर्ता माथि सांंघातिक आक्रमण, ४ जना घाइते
गोरखामा काग्रेसका कार्यकर्ताद्धारा एमाले कार्यकर्ता माथि सांंघातिक आक्रमण, ४ जना घाइते
गण्डकी टाइम्स
गण्डकी टाइम्स
गोरखा, २७ बैशाख । गोरखाको आरुघाट गाउँपालिका–१, मान्वुमा काग्रेस कार्यकर्ताले एमाले कार्यकर्ता माथि सांघातिक आक्रमण गरेका छन् । सोमबार साँझ काग्रेस कार्यकर्ताको आक्रणबाट एमाले कार्यकर्ता बिक्रम लामा, गोपाल लामा, बिक्रम लामा, राजबहादुर लामा घाइते हुनुभएको नेकपा एमाले गोरखाका उपाध्यक्ष कृष्ण नेपालीले जानकारी दिए।
ढोरकमा कोणसभा कार्यक्रम सकेर फर्कदै गरेका एमाले कार्यकर्ता माथि उनिहरुले एक्कासी आक्रमण गरेका थिए । ‘कोणसभा गरेर फर्कदै गर्दा हामीसंग पनि डिसकस भयो, उहाँले भन्नुभयो, स्थिती सामान्य भएपछि हामी फर्कियौ । साथीहरु घर फर्कने क्रममा फिछा गरेर कुटेछन् ।
कुट्ने कर्मा सिंह लामा , कर्म लामा, सन्तोष लामा, निश्चल लामा लगायतको समुहले पिछा गरेर कुटेको पिडितले बताएका छन् । घाइतेहरुको आरुघाट अस्पतालमा उपचार भइरहेको छ । घाइतेको आँखा टाउकोमा चोट लागेको छ । कांङ्ग्रेसको तर्फबाट वडाध्यक्षको उमेद्वार सानु भनिने गजे घलेको नेतृत्वको टोलीले आक्रमण उनिहरु माथि आक्रमण गरेका हुन् ।
प्रतिक्रिया