२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलङ्क हो : प्रधानमन्त्री

जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलङ्क हो : प्रधानमन्त्री

गण्डकी टाइम्स
शुक्रवार, जेठ २० २०७९
गण्डकी टाइम्स
शुक्रवार, जेठ २० २०७९
  • काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । उनले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रुपमा चित्रण पनि गरे । भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समतामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको पनि बताए । देश ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणा भएको १६औँ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देशमार्फत देउवाले हरेक नागरिकलाई न्याय समानतासहितको मर्यादित जीवनको लागि शुभकामना पनि दिएका छन् । सरकारले २१ जेठ २०६३ मा देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । तर, छुवाछुत अन्त्य समूल रूपमा भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij