२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

उपाध्यक्षका 'देवर'को निधन भएपछि गाउँपालिकामा सार्वजनिक बिदा !

उपाध्यक्षका 'देवर'को निधन भएपछि गाउँपालिकामा सार्वजनिक बिदा !

गण्डकी टाइम्स
आइतवार, आषाढ ५ २०७९
गण्डकी टाइम्स
आइतवार, आषाढ ५ २०७९
  • रुपन्देही, ५ असार । रुपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्षका ‘देवर’ नाता पर्नेको निधनपछि आइतवार सार्वजनिक बिदा दिइएको छ । मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मृत्यु भएपछि गाउँपालिकामा बिदा दिइएको हो, जसको चौतर्फी आलोचना भएको छ । गाउँपालिका गयाप्रसाद वरइद्वारा जारी सूचनामा बिदाको जानकारी दिइएको छ । ‘उपाध्यक्षको देवरको शनिवार साँझ मोटरसाइकल दुर्घटनामा मृत्यु भयो,’ अध्यक्ष वरइलेनले भने, ‘आफ्नो दुःख पर्दा सहयोग त गर्नुपर्‍यो । हामी पनि दुःख परेको घरमा व्यस्त हुने हुँदा कार्यालय जान पाइएन । जनतालाई कार्यालय आएर फर्किन नपरोस् भनेर बिदा दिइएको हो ।’ देवर नाता पर्नेको मृत्यु भएको भनिए पनि सूचनामा मृतकको नाम उल्लेख गरिएको छैन । गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली दिँदै असार ५ गते गाउँपालिका, सबै वडा कार्यालय, सम्पूर्ण विद्यालय, संघ–संस्था बन्द रहने जनाएको छ । अध्यक्ष बइर र उपाध्यक्ष सिंह जनता प्रगतिशील पार्टीबाट निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij