राससको अध्यक्षमा पत्रकार धर्मेन्द्र झा नियुक्त
राससको अध्यक्षमा पत्रकार धर्मेन्द्र झा नियुक्त
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ६ असार । राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन्। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
पत्रकार महासंघको पूर्वअध्यक्षसमेत रहेका झा लामो समयदेखि पत्रकारिता सक्रिय रहदै आएका छन् ।
उनी नेपाली कांग्रेस निकट प्रेस युनियनका नेता समेत हुन् ।
प्रतिक्रिया