प्रधान सेनापतिद्वारा शान्ति सैनिकहरुलाई सम्बोधन
प्रधान सेनापतिद्वारा शान्ति सैनिकहरुलाई सम्बोधन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ७ असार । लेबनान भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले सोमबार शान्ति मिसन लेबनानमा तैनाथ NEPBATT Headquarter को निरीक्षण गरेका छन् । सो क्रममा, प्रधान सेनापति शर्माले नेपाली शान्ति सैनिकहरुलाई सम्बोधन गरेका थिए ।
सो क्रममा उनले शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्याएका २ जना नेपाली शान्ति सैनिक तथा लामो समयदेखि लेवनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गरेका ३ जना लेवनानी नागरिकहरुलाई "प्रधान सेनापति प्रशंसा निशान" प्रदान गरेको सेनाले जनाएको छ ।
प्रधान सेनापति महारथी शर्मा लगायतका भ्रमणदलले UNIFIL Force Headquarter, Naqoura को भ्रमण समेत भ्रमण गरेको छ । सो क्रममा प्रधान सेनापति शर्माले UNIFIL Mission Lebanon का प्रमुख तथा मिशनका अन्य पदाधिकारीहरुसँग शिष्टाचार भेटघाट गरेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेछ ।
प्रतिक्रिया