२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

वायुसेवा निगमको महाप्रबन्धकमा क्याप्टेन दिपुराज ज्वारचन नियुक्त

वायुसेवा निगमको महाप्रबन्धकमा क्याप्टेन दिपुराज ज्वारचन नियुक्त

गण्डकी टाइम्स
बिहिवार, आषाढ ९ २०७९
गण्डकी टाइम्स
बिहिवार, आषाढ ९ २०७९
  • काठमाडौँ, ९ असार । नेपाल वायुसेवा निगमका महाप्रवन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन नियुक्त भएका छन् । उनलाई निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति दिइएको हो । बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि उक्त पद रिक्त थियो । रिक्त रहेको निगमको नेतृत्व सम्हाल्न निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ३५ वर्षीय ज्वारचनलाई अर्को व्यवस्था नभएसम्मका लागि सरकारले अस्थायी नियुक्ति दिइएको हो । ‘मन्त्रिपरिषद्‍को निर्णयअनुसार नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा १ बमोजिम निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ । १५ वर्षअघि निगमको टुइनअटर विमानका लागि कोपाइलटका रुपमा प्रवेश गरेका ज्वारचन ०७६ असारदेखि ०७८ फागुनसम्म निगमको पाइलट तथा क्याबिन क्रू विभागका निर्देशक थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij