२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

बाढीले मेलम्चीको फट्टे पुलमा क्षति, बाढीको त्रासले मध्यराति स्थानीयले घर छाडे

बाढीले मेलम्चीको फट्टे पुलमा क्षति, बाढीको त्रासले मध्यराति स्थानीयले घर छाडे

गण्डकी टाइम्स
शुक्रवार, आषाढ १० २०७९
गण्डकी टाइम्स
शुक्रवार, आषाढ १० २०७९
  • सिन्धुपाल्चोक, ११ असार । गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। हेलम्बु–२ का प्रभा भण्डारीले राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको जानकारी दिइन्। गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो। स्थानीय दशरथ दनुवारले अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताए। यसबाट ६ वडाका बासिन्दा प्रभावित भएका छन्। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij